७ बैशाख २०८१, शुक्रबार

‘मस्ट वान्टेड’ सूचीमा रहेका पासवान पक्राउ


sirial kiler

७ चैत, सर्लाही । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सर्लाहीका उमेश पासवान पक्राउ परेका छन् ।

ज्यान मार्नेदेखि लुटपाट घटनाका मुख्य अभियुक्त सर्लाही लालबन्दीका ४५ वर्षीय पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिपुरको सयुक्त टोलीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका पासवानलाई बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको छ ।

पासवानको नेतृत्वमा गत असोज २४ गते साँझ सर्लाही पिडारी स्थित जय माँ भगवती ज्वेलर्स बन्द गरेर छिमेकी पिपरिया गाउँ स्थित घर जाँदै गर्दा नागेन्द्र साहका छोरा २७ वर्षीय सुनिल साहको गोली हानी हत्या गरि साथमा रहेको ८ तोला सुन, ४ किलो चाँदीका गरगहना एवं ४० हजार नगद लुटपाट भएको प्रहरीको दाबी छ ।

हालसम्म प्राप्त जानकारी अनुसार सिराहा, रुपन्देही लगायत जिल्लामा समेत कर्तव्य ज्यान, हातहतियार, लुटपाट, खुनडाका तथा संगठित अपराध लगायत मुद्दामा पासवान फरार अभियुक्त रहेको प्रहरी उपरीक्षक मसाउद आलम खाँले जानकारी दिए ।

जिल्ला अदालत सिरहावाट खुन डाँकामा पासवान विरुद्ध मुद्दा दायर भएर पक्राउ पुर्जी जारी भएको पनि प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !