७ बैशाख २०८१, शुक्रबार

बलात्कार प्रयास गर्ने शिक्षक शर्मा पक्राउ


crimes

७ चैत, सुर्खेत । बलात्कारको प्रयास गर्ने शिक्षक युवराज शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक शर्मालाई पक्राउ गरेको हो ।

उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी छात्रालाई खान दिए पनि आफूहरुले नखाएको पीडितले प्रहरीलाई बताएका छन् ।

पीडित छात्राको भनाइ उद्धृत गर्दै प्रहरी भने, ‘सरले चैत ३ को साँझ पाँच बजेतिर मिठाइ खाउ भनेर दिए पनि नखाएर दाइलाई देखायाैं।’

प्रहरीसँगको वयानमा छात्राले शिक्षक शर्माले औषधि खायौ कि नाई भनेर पटक–पटक कोठामा आउँदै सोधेको र राति कराएपछि फेरि नआएको बताएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !