१३ बैशाख २०८१, बिहिबार

भरुवा बन्दुक र चितुवाको छाला सहित गुरुङ पक्राउ


crimes

६ चैत, कास्की । भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा र खाली खोका १० थान तथा चितुवाको छाला १ थान सहित गमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका–२ च्याङ्लुङ बस्ने गुरुङलाई चितुवा मारी राख्न दिने सोही ठाउँ बस्ने ३१ बर्षीय चन्द्र बहादुर पौडेललाई समेत प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले घरमा अबैध रुपमा हातहतियार तथा चितुवाको छाला लुकाई राखेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दिखोलावाट खटिएको टोलीले सोमबार घर तलासी गर्दा उक्त भरुवा बन्दुक र चितुवाको छाला बरामद भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !