१३ बैशाख २०८१, बिहिबार

३१ तोला चाँदीसहित भारतीय नागरिक पक्राउ


crimes

२ फागुन, महोत्तरी । ३१.४ तोला चाँदीसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ज ६ प ४२१४ नम्बरको सुजुकी मोटरसाइकलमा चढेर भारतवाट नेपाल आउँदै गरेका भारतको सितामढी बस्ने २१ वर्षका अजयकुमार साह, २२ वर्षका विक्कीकुमार साह र २८ वर्षका राजु साहलाई सम्सीको सशस्त्र प्रहरी चेकपोस्टमा कार्यरत सशस्त्र प्रहरीले चेकजाँच गर्दा चाँदी र नगदसहित उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुसँग ३४ हजार ४ सय नेपाली रुपैयाँ, २१ हजार ३ सय ७० भारतीय रुपैयाँ र एकथान मोबाइलसमेत बरामद भएको सम्सीस्थित शसस्त्र प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !