८ बैशाख २०८१, शनिबार

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ


rajendraa khadgi

२५ माघ, काठमाण्डौ । चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई मानव तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलवाट खड्गीलाई नियन्त्रणमा लिएको हो ।

विभिन्न व्यक्तिलाई मोटो रकम असुलेर गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको भन्ने उजुरी परेपछि खड्गीलाई अनुसन्धानका लागि नियन्त्रण लिइएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीका अनुसार खड्गीले काेरियामा ११ जनालाई छाडेको र प्रतिव्यक्ति दश देखि पन्ध्र लाख रुपैया लिएको उजुरी परेको छ । कार्कीले अन्य कलाकारले पनि मानव ओसार पसार गरेको सूचना आएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !