७ बैशाख २०८१, शुक्रबार

दरबारमार्ग बलात्कार घटनामा डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए


police

१६ माघ, काठमाण्डौ । युगत बिहीबार दरबार मार्गको ल्याण्डमार्क होटलमा भएको सामुहिक बलात्कारको घटनामा प्रहरी अधिकारी नै तानिएका छन् । युवती बलात्कार घटना सामान्य मिलापत्रमा मिलाइएकाे अाराेप बाहिरिए पछि प्रहरी अधिकारीतर्फ नै अनुसन्धान साेझिएकाे हाे ।

मदिरा पिएका ३ जनाले बलात्कार गरेलगत्तै युवती उजुरी लिएर महानगरीय प्रहरी वृत्त दरबारमार्ग पुगेकी थिइन् । पीडित पक्ष दरबार मार्ग पुगे पनि प्रहरीले उजुरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएकाे पीडित पक्षकाे अाराेप छ ।

पीडित युवतीले महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीकाे दबाबमा मिल्न लगाइकाे गुनासाे गर्दै अाएकी छन् । सामान्य मिलापत्रमा बलात्कारजस्तो जघन्य अपराध मिलाइएको पीडित युवतीकाे गुनासाेपछि महानगरीय प्रहरी परिसरले डीएसपी भारती र इन्सपेक्टर ठकुरीमाथि छानबिन थालेको हो ।

एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित समितिले यसबारे छानबिन थालेकाे महानगरीय प्रहरी परिसरले जनाएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !