११ बैशाख २०८१, मंगलबार

४० लाखको लट्री परेको छ,भन्दै ठगी गर्ने पक्राउ


पक्राउ

१ माघ , कपिलवस्तु । लाखौँको चिठ्ठा परेको भन्दै भाइबर तथा ह्वाट्सएपवाट ठगी गर्ने १ जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३, झण्डिनगरका ३३ वर्षीय सन्तोष कुमार गुप्ता बानिया रहेका छन् ।

प्रहरीले कृष्णनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेडवाट उनलाई पक्राउ गरेको हो । विभिन्न व्यक्तिलाई फोन गरी तपाईंले चलाएको भाइबर, फेसबुक, ट्विटर तथा सिम कार्डबापत ४० लाख रुपैयाँ लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेज गरी उनले प्रलोभनमा पार्ने गरेका थिए ।

लट्री बापतको कर नेपाल सरकारलाई जम्मा गरे पछिमात्र उक्त रकम तपाईंको खातामा जम्मा हुने बताई आइएमई तथा विभिन्न बैंकमार्फत पैसा पठाउन लगाई उनले ठगी गरेको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !