७ बैशाख २०८१, शुक्रबार

गौचनको हत्याकाण्डमा संलग्न थप ३ जनालाई पक्राउ


Sharad-Kumar-Gauchan-Shot-Dead

२७ पुस, काठमाण्डौ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता छन् । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ । गाैचनकाे गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको थियो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !