१२ बैशाख २०८१, बुधबार

महिलाको मानसिकता कमजोर हुनाले बलात्कारका घटना बढ्दै


बलात्कार

आज महिलामाथि भएको बलात्कारको घटना बृद्धि हुनुमा महिला नै दोषी ठहर छन् भन्दा खासै फरक नपर्ला जस्तो लागेको छ । आय दिन महिलाको इज्जत लुटिनु सामान्य कुरा हुन सक्दैन । तर मैंले यसो भन्दा कतिपयलाई केही गलत जस्तो लाग्न सक्छ ।

एउटा पुरूषले आफ्नो प्यास मेटाउन बलात्कार जस्तो जघन्य अपराध गर्न सक्छ भने महिला मुक दर्षक भएको हामीले देख्दछौं । मलाई एकजना मित्रले एउटा वास्तविक घटना साउदीमा घटेको सुनाउनु भएको थियो ।

साउदीमा लामो समयसम्म काम गरेका एक जना चौकीदारलाई साहुले भनेछ । तिम्रो काम देखेर हामी खुसी छौं । तिम्रो श्रीमतीलाई पनि बोलाउ म भिसा दिन्छु भनेपछी चौकीदारले श्रीमतीलाई झिकाएछ ।

केही वर्ष राम्रो हुदै गएछ । त्यसपछि एकदिन श्रीमतीले श्रीमानलाई भनिछन् । हजुर मलाई घरै पठाइदिनुहोस् भनेपछि किन यसो भन्दैछन् भनेर सवै सोधेपछि भएका सवै घटना सुनेपछि ठिक छ अहिले केही नबोल्नु म उसको श्रीमतीसंग कुरा राख्छु भनेर अफिस हिडेछ ।

एकदिन उसले साहुको श्रीमतीलाई सवै घटना सुनाएपछि उसले श्रीमानको कर्तुत पत्ता लगाउन अफिसबाट समयमा घर पुग्दा सवै थाहा पाएपछि उसले म कोठामा छु तिमी आउ भनेर वोलाइएछ । पछि चौकीदार घरमा पुगेछ ।

साहुनीको आग्रहमा उसले पनि साहुनीसंग शारिरीक सम्बन्ध राखेछ । यो कुरा साहुको श्रीमतीले सुनाइछ । उसको कुरा सुनेपछि साहुलाई गल्ती महसुस भएपछि छमा मागेछ ।

हाम्रो समाजमा श्रीमान मर्दा आजिवन बस्ने महिला तर पुरुष भने अर्को विवाह गर्नुपर्ने तर महिलाले गर्दा ठूलो इसु बनाउने चलनको अन्त महिलाद्वारा नै हुनुपर्छ । मैंले सुने अनुसार फलानीलाई पोइ चाहिएर होला भन्ने यिनै दिदी बहिनीहरूले महिला अधिकारको कुरा गर्दा यो कुरा बुझ्न आवश्यक छ ।

जति आवश्यक एउटा पुरूषलाई महिलाको हुन्छ त्यो भन्दा बढी आवश्यक त्यो एकल नारीलाई हुन सक्छ । महिला कमजोर हुनाले नै आज महिला दिन प्रतिदिन बलात्कारको सिकार भइरहेका छन् ।

एउटा महिला जन्मने कोख र एउटा पुरूष जन्मने कोख यदि एउटै हो भने भेदभाव किन ? एउटा पुरूषले गर्ने हरेक काममा समान सहभागिता एउटा महिलाको हुन सक्छ भने उसले पनि पुरुष सरह अधिकार पाउन सक्नु पर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !