१२ बैशाख २०८१, बुधबार

भारत लैजान लागेका बालबालिका सहित दुईजना प्रहरी नियन्त्रणमा


Inter-Africa-bus-accident2

२६ पुस, जुम्ला । भारतको हिमाञ्चल प्रदेशमा बालबालिका लैजाँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुम्लाको कुडारी चौकीले बालबालिका भरिएको बस देखेर सोधपुछ गरेपछि भारतमा लैजाने कुनै आधार फेला नपारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पातारासी गाउँपालिका ३ का छिरिङ तुण्डुक तामाङ र कार्मा तामाङलाई प्रहरीले निन्त्रणमा लिइएको हो । प्रहरी निरीक्षक चुडामणी पुनका अनुसार भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै उनीहरूले २० जना बालबालिकालाई लैजादै गरेका थिए ।
यत्रो ठूलो परिमाणमा बालबालिका भारत लैजादै गरेको पहिलो पटक हो । बालबालिकालाई अहिले मानसरोवर होटलमा कडा सुरक्षा घेरामा राखिएको छ । ९ देखि १३ वर्ष सम्मका बालबालिकालाई भारत लैजादै गर्दा प्रहरीले फेला पारेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !