७ बैशाख २०८१, शुक्रबार

कुटपिटको क्रममा एकको ज्यान गयो


२५ पुस, नुवाकोट । बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको छिमेकीको कुटपिटवाट मंगलबार ज्यान गएको छ । आवास निर्माणका लागि नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरामा आएका ३६ वर्षका सिग्देलको छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटवाट ज्यान गएको प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

दुई जनाबीच आइतबार राति विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पुर्याएका थिए । मुटुमा चोट लागेका सिग्देलको नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । सिग्देलको उपचारको क्रममो आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !