४ बैशाख २०८१, मंगलबार

जागिर लगाइदिने भनी ठगी गर्नेहरु दुई जना पक्राउ


पक्राउ

२० पुस, काठमाण्डौ । प्रहरीले नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनी ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ३७ वर्षीय कानुन व्यबसायी जयप्रकाश दास र काठमाडौं नयाँबानेश्वर शान्तिनगर बस्ने सिराहाको भगवानपुर गाउँपालिका–२ का ४३ वर्षीय अशोककुमार मुखिया  छन् ।

आवेदन दिएकामध्ये केही आवेदकसँग प्राधिकरणको सिनियर मिटररिडर पदको लागि दास र मुखियाले दश लाख रुपैयाँ ठगेको महानगरीय अपराध महाशाखा  टेकुले जनाएको छ । आफु श्रम मन्त्रालयको कर्मचारी भएको र खर्च गरेमा प्राधिकरणका मान्छेलाई प्रभाव पारी जागीर लगाइदिन सक्ने भन्दै पैसा लिएर जयप्रकाश  फरार भएका थिए ।

ठगिएको थाहा पाएपछि जागिर खाेज्नेहरु अाफू प्रहरीकहाँ पुगेका थिए । मुखियालाई पुस १७ गते प्रहरीले काठमाडौं सिनामंगलबाट र दासलाई पुस १८ गते पक्राउ गरेको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !