१३ बैशाख २०८१, बिहिबार

पर्साको वीरगञ्जबाट प्रहरीद्वारा साढे २२ किलो अवैध सुन बरामद


अवैध सुन बरामद

वीरगञ्ज, कात्तिक १ । पर्सा जिल्लाको वीरगञ्जमा प्रहरीले साढे २२ किलो अवैध सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले छापा मार्दा सो सुन बरामद गरेको हो ।

पन्तका अनुसार सुन कसको हो भन्ने खुलिसकेको छैन । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन् । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ । सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको हो । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए ।

प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो । सो घटनाबारे जानकारी दिन केही बेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु