१२ बैशाख २०८१, बुधबार

यौन दुर्व्यवहार र यसका कारणहरु


यौन दुर्व्यवहार
राम मगर
      राम मगर

हाम्रो देश नेपालमा बर्षेनी लाखौ चेलीबेटीहरु बलात्कारको शिकार बनिहेका छन् कतिपय चेलीहरु बलात्कारको कारणले गर्दा समाजमा मुख देखाउन नसकिरहेको पाइन्छ भने कतिपय चेलीहरु आत्महत्या गर्न बाध्य भएका छन् । यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । जतिसुकै कानुन बनाएको भएपनि यो प्रवृति रोकिएको छैन ।

पुरुषको भन्दा महिलाको यौनशक्ति ४ गुणा बढी हुन्छ भन्ने भनाई छ तर पनि यौन दुर्व्यवहार पुरुषवाट नै घटिरहेको पाइन्छन् । धेरैजसो घटनाहरु लागु सेवनको कारणले गर्दा पनि घटेको हुन्छ । अहिलेको सन्दर्भमा लागु सेवन गर्नेको संख्या धेरै बढिरहेको देखिन्छ । कतिपय मानिसहरु पहाडी भेगका दुर्लभ ठाउंवाट आफ्नो भविष्य बनाउने ठुलो सपना बोकेर शहरमा आएका हुन्छन् तर पनि साथीको संगतले गर्दा र शहरको माहोललाई चिन्न नसकेको कारणले गर्दा नचाहदा नचाहदै यौन दुर्व्यवहार तथा कुलातमा फसिएको हुन्छ । जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ ।

यौनशक्ति बढाउन घरेलु उपाय नै लाभान्वित हुने गरेको अनुसन्धानबाट खुलेको छ । अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैली लगायतका कारण यस्ता समस्या आउने गरेका छन् । अहिलेको एकाईसौ शताब्दीको केटा वा केटीहरुले माया गरिरहेकै हुन्छ तर पनि कतिपयले आफ्नो स्वार्थको लागि मायाको नाउँमा झुटो आशा देखाई आफ्नो स्वार्थ पुरा गरेका हुन्छन् त्यसैले पनि यौन दुर्व्यवहार वृद्धि भएको पाइन्छन् ।

धेरैजसो बालबालिका माथि स्थानीय होटल तथा खाजाघरमा जानेर वा नजानेर हुँदै आएका श्रम शोषणका साथै छेउछाउमा हुनसक्ने व्यावसायिक यौन क्रियाकलाप र दुव्र्यवहार भैरहेको पाइन्छन् ।

विभिन्न सङ्घसंस्थाले गरेको अनुसन्धानबाट के देख्न सकिन्छ भने होटल रेस्टुराँमा काम गर्ने युवतीलाई सवारी चालकले ललाई-फकाई माया जालमा फसाउने, विवाह गर्छु भन्ने जस्ता विभिन्न आश्वासन दिएर अन्यत्र बोलाउने, मोबाइलबाट राम्रो जागिर लगाइदिने, शारीरिक सम्पर्क राख्ने, उनीहरुलाई नराम्रो काम गर्न बाध्य हुने गरी कहीँ-कतै लगेर बिक्री गर्ने गरेको पाइन्छ ।

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !