७ बैशाख २०८१, शुक्रबार

पूर्वी नवलपरासीको कावासोतीको जंगलमा कान काटेर महिलाको गहना लुटियो


कान काटेर महिलाको गहना लुटियो

नवलपरासी, असोज १८ । पूर्वी नवलपरासीको कावासोती जंगलमा लुटेराले १ जना महिलाको दुवै कान काटेर गहना लुटेको छ । आज आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो ।

उनका श्रीमानका अनुसार कान काटेर २ वटा ठूला मडहरी रिंग लुटेका हुन् । उनको टाउकोमा पनि चोट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् ।

प्रहरीले जंगलको बाटो हुँदै बजारतर्फ आउँदै गर्दा कान काट्ने लुटेराको खाजी भइरहेको दाबी गरेको छ । चाडवाड नजिकिँदै गर्दा हरेक वर्ष चोरी र लुटपाटको घट्ना बढने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !