८ कार्तिक २०७७, शनिबार

भारी परिमाणमा हरियो केराउ बरामद



केराउ

वीरगञ्ज, १५ असोज । भारतीय सिमानासँग जोडिएको पर्साको इनर्वा गाउँबाट प्रहरीले करिब रु दुई करोड ५० लाख मूल्यबराबरको तीन लाख २५ हजार किलो हरियो मटर बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार हरियो मटर वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमा नजिकै एउटा गोदाममा भण्डारण गरी राखिएको अवस्थामा सो परिमाणको मटर बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले राससलाई बताउनुभयो ।

उहाँले चाडपर्वलाई लक्षित गरी भारततर्फ तस्करी गर्ने उद्देश्यले नेपाल भारत सीमा नजिकैको एउटा गोदाममा भण्डारण गरिएको अवस्थामा प्रहरीले छापामारी गोदाम सिल गरिएको बताउनुभयो ।

ललितपुर निवासी वेदान्तजङ्ग राणाको नाममा दर्ता रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङले तस्रो मुलुकबाट मगाएको सो हरियो मटर सीमा नजिक एउटा गोदाममा अवैधरूपमा राखिएको अवस्थामा फेला परेको बताइएको छ । अवैध कारोबार नियन्त्रणका लागि परिचालन गरिएको प्रहरी टोलीले मङ्गलबार राति नेपालबाट भारततर्फ सामान ओसार्ने ट्र्याक्टरको पिछा गर्दै जाँदा सो गोदामसम्म प्रहरी पुगेपछि उक्त मटर भण्डारण गरिएको अवस्थामा फेला परेको हो ।

प्रिज्म कम्पनीले केराउ विक्री गरेको बिलमा खरिदकर्ताको ठाउँमा आफ्नै नाम उल्लेख गरिएको भने पनि बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा उक्त कम्पनीको आधिकारिक कार्यालय रहेको छ । अहिले भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा तस्करहरुले घर भाडामा लिई सामानहरु राख्ने गरेको र रातको समयमा ती सामान भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, २०७७ कात्तिक ४ । महानगरीय प्रहरी परिसर, ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त

मोरङ, कात्तिक ४ । अबैध रुपमा भन्सार छली गरी लुकाई छिपाई ल्याएको करिव ११ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी

सुदूरपश्चिम, २ कात्तिक । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या

वीरगञ्ज, कात्तिक १ । पर्सा जिल्लाको वीरगञ्जमा प्रहरीले साढे २२ किलो अवैध सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-५ स्थित