८ बैशाख २०८१, शनिबार

उत्खनन रोक्न निर्देशन


खलङ्गा, २ असार । नदीजन्य वस्तु उत्खनन अनुगमन समितिले अवैध रुपमा भइरहेको नदीजन्य वस्तुको उत्खनन तत्काल रोक्न निर्देशन गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले बोलपत्र आह्वान गरेर मात्र नदीजन्य वस्तुको उत्खनन गर्न निर्देशन दिएको छ ।

पातारासी गाउँपालिका जवा नदी क्षेत्रको अनुगमनका क्रममा नदीजन्य वस्तुको उत्खनन भएर ओसारपसार चलिरहेको भेटिएपछि तत्काल रोक्न निर्देशन दिइएको जिसिसका उपप्रमुख कार्मा बुढाले बताउनुभयो ।

जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमध्ये तातोेपानी, पातारासी र हिमा गाउँपालिकाले मात्र आइइई गरेका छन् । जुम्लाका सबै नदीमा भइरहेको उत्खननको अनुगमन गरेर आवश्यक निर्देशन जारी गर्ने तयारी भइरहेको अनुगमन समितिका प्रमुख सार्कीले बताउनुभयो । जिल्लाका हिमा, तिला र जवा नदीमा गिट्टीबालुवाको अवैध रुपमा उत्खनन भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !