८ बैशाख २०८१, शनिबार

क्वारेन्टिनमा बसेकी महिलामाथि सामूहिक बलात्कार भएपछि स्थानीयबासी उत्रिए सडकमा


३२ जेठ धनगढी । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपालमा पनि ठुलो प्रभाव परेको छ । कोरोनाका कारणले गर्दा नै नेपालमा १९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५७६० पुगेको छ ।

कोरोनाको कारणले गर्दा अर्थतन्त्रमा पनि ठुलो समस्या पुगेको छ । नेपालमा कोरोना संक्रमितको लागि पनि उचित क्वारेन्टाइनको व्यवस्था पनि उचित किसिमको छैन । जसको कारणले गर्दा पनि नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

कोरोनाको महामारीको समयमा विभिन्न खालका समस्याहरु पनि बढ्दै गएको छ । ति समस्यहरु मध्ये एक बलात्कार । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कार भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् ।

क्वारेन्टिनमा बसेकी महिलामाथि यस्ता घटनाले गर्दा झन् महिलाहरु त्रसित बन्ने अवस्था आएको छ । उक्त घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !