१७ आश्विन २०८१, बिहीबार

प्रहरीले गोली चलाउँदा दुईजना घाइते


गोली चल्यो

कैलाली । कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको लम्कीमा प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको एक प्रहरीले जानकारी दिए ।

ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएपछि तनावग्रस्त बनेको थियो। स्रोतका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !