१३ बैशाख २०८१, बिहिबार

आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली समूहका विद्यार्थीबीच झडप


झडप फाइल फोटो

काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा प्रचण्ड-नेपाल र ओली समूहका विद्यार्थीहरुबीच झडप भएको छ । उक्त झडपमा संलग्न प्रचण्ड-नेपाल समूहका नेताहरू शिशिर वस्याल र मिनराज पाण्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ ।

आज बिहान प्रचण्ड-नेपाल समूह निकटका विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र सोधपुछ कक्ष निर्माण गरेका थिए । सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली समूहका नेताले च्यातेपछि विवाद उत्पन्न भएको थियो । प्रहरीका अनुसार दुवै पक्षका विद्यार्थी नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।

राजनीतिक रुपमा विभाजन भएको नेकपाका दुवै समूहहरुवीच आरोप-प्रत्यारोप चलिरहेको बेला अव दुई समूहका बिद्यार्थी नेताहरुवीच झडप शुरु भएको छ । व्यक्तिगत शक्ति र सत्ता संघर्षले गर्दा राजनीतिक रुपमा विभाजन भएर दुई तिहाई बहुमतको सरकार ‘बाँदरको हातमा नरिवल’ झैँ भएको छ भने नेपालको कम्युनिष्ट आन्दोलन संकटमा परेको छ । भाई फुटे,गवार लुटे भनेझैँ कम्जोर प्रतिपक्ष भएको नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा सहज हुने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !