, सुनसरीमा लागुऔषध सहित ३ जना पक्राउ

सुनसरीमा लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी, जेठ १३ । सुनसरीको कोशी गाउँपालिका-१ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-१ लौकहीका २२ बर्षीय सोशिल साह, ३० बर्षीय अमन कुमार साह र १९ बर्षीय गणेश कुमार साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले डाईलक्स डि.सी. १०० ML को ४७ बोतल, नाईट्रोसन ९० ट्याब्लेट , स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल १ थान, कौडा २१ थान र मोवाइल २ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीमा लागुऔषध सहित ३ जना पक्राउ