१३ बैशाख २०८१, बिहिबार

कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने २ जना दाजुभाई पक्राउ


हत्यामा संग्लग्न २ दाजुभाई पक्रा

बिराटनगर, जेठ ९ । आफ्नै बुबाको कर्तब्य गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले २ दाजुभाईलाई हिजो पक्राउ गरेको छ । आफ्नै घर भित्र खाल्डोमा मृत फेला परेका मोरङको बिराटनगर महानगरपालिका-१४ झटियाहीका ६९ बर्षीय सत्यराम भनिने सिताराम चौहानको निजकै छोराहरु २९ बर्षीय रोहित चौहान र २६ बर्षीय नागेन्द्र चौहानले कर्तब्य गरी हत्या गरेको आशंकामा पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुबै जनाले यही जेष्ठ ३ गते राती आफ्नै बृद्ध बुबालाई घरायशी कुरामा बादबिबाद हुँदा रिशको आवेगमा कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको र बुबा सुत्ने खाट मुनी खाल्डो खनेर शव गाडेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका दुबै प्रतिवादीहरुलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !