१२ बैशाख २०८१, बुधबार

बिराटनगरमा नक्कली मदिरा सहित १ जना पक्राउ


बिराटनगरमा नक्कली मदिरा सहित १ जना पक्राउ

मोरङ, जेठ ६ । आज मोरङ जिल्लाको विराटनगरमा ५३० बोतल नक्कली मदिरा सहित १ जना पक्राउ गरिएको छ । बिराटनगर महानगरपालिका-११ बसपार्कबाट ठुलो परिणामको नक्कली मदिरा सहित १ जनालाई पक्राउ गरिएको छ । बसपार्क छेउमा रहेको एक घरमा कोठा भाडामा लिएर बसोबास गर्दै आएका विराटनगर महानगरपालिका -६ बस्ने श्रवण मुखियाले संचालन गर्दे आएको न्यू.डि.एन ट्रेडर्सको पसल भित्र विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँस गरी नक्कली मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साँढे २ बजे मुखियालाई बिभिन्न ब्रान्डका ५३० बोतल नक्कली मदिरा सहित पक्राउ गरेको हो ।

मुखीयाको पसलबाट प्रहरीले पास पास मदिरा १५ बोतल, signature २१० बोतल, Golden Oak २२ बोतल, Golden Globe १२ बोतल, Network १७ बोतल, Purwanchal Special ३९ बोतल, Royal Treasure whisky २६ बोतल, Fighter मदिरा ८९ बोतल, Ruslan Vodka २६ बोतल, Dragon Bear ७२ बोतल र Huinwa Wine २ बोतल बरामद गरेको छ । नक्कली मदिरा सहित पक्राउ परेका मुखियालाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !