७ बैशाख २०८१, शुक्रबार

नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित १ जना पक्राउ


Arrested accused

झापा, बैशाख २८ । झापाको कन्काई नगरपालिका-४ का ४० बर्षीय प्रदिप बुढाथोकी नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । बुढाथोकीले आफ्नै घरबाट नियन्त्रीत लागूऔषध ब्राउन सुगरको कारोवार गरिरहेको बुझिएको थियो ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले निजलाई घरबाट नै १० ग्राम ब्राउन सुगर सहित आज बिहान साँढे १० बजे पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !