६ बैशाख २०८१, बिहिबार

ठुलो परिणामको लागुऔषध सहित ३ जना पक्राउ


Arrested accused

सुनसरी, बैशाख २८ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ नहरचोकबाट ठुलो परिणामको लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपलिका-३ का राज कुमार मण्डललाई ३ हजार ८ सय ४० क्याप्सुल ट्रोमाडोल र ४ बोतल डाईलक्स डि.सी. तथा १६ हजार ७०० नगद र १ थान मोवायल सहित शनिवार अपरान्ह ४ बजे पक्राउ गरेको हो ।

प्रदेश १-०२-०४०-प .५३२७ नम्वरको मोटरसाईकलमा सवार रहेका मण्डल नहरचोकमा उक्त परिणामको लागुऔषध सहित पक्राउ परेका हुन् । यसैगरी को २२ प ७३५३ नम्बरको मोटरसाईकलमा उक्त लागुऔषध खरिद गर्न आएका धरान उप-महानरपालिका-८ का २७ बर्षीय अजय श्रेष्ठ र धरान उप-महानरपालिका-५ का २८ बर्षीय अर्जुन कार्की पनी पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ५७ हजार ५ सय १० र मोवायल २ थान बरामद गरेको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !