७ बैशाख २०८१, शुक्रबार

महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ


Arrested accused

पर्वत, २२ वैशाख । सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका-२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका थिए । सोही विषयलाई लिएर महिलाले गाउँपालिकासँगै प्रहरी चौकीमा उजुरी दिइएकी थिइन् ।

उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुँवर सिंहले जानकारी दिनुभयो । महिलालाई गम्भीर चोटपटक लागेको हुँदा उपचारका लागि छिमेकी जिल्ला स्याङ्जाको वालिङ पठाइएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

त्रिवेणीका वडाध्यक्ष भीमसेन गुरुङका अनुसार महिलामाथि गम्भीर चोट लागेको पाइएको छ । स्थानीयवासी समयमै घटनास्थालमा पुगेको हुँदा घटनाले ठूलो रूप लिन नपाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !