८ बैशाख २०८१, शनिबार

हत्या आरोपमा ४ जना युवक पुर्पक्षका लागि थुनामा


कारागार

सप्तरी । जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो ।

अदालतको आदेशमा सप्तरीको रुपनी गाउँपालिका-१ रायपुरका ३० वर्षीय बिनय यादव, सोही उमेरका मनोजकुमार यादव, २४ वर्षीय मुकेशकुमार यादव र खडक नगरपालिका-५ का ३१ वर्षीय महेशकुमार पासवानलाई थुनामा पठाएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि रुपनी गाउँपालिका–१ रायपुरका ५० वर्षीय रामदल यादवलाई भुईमा लडाई लछार पछार गरी धारिलो हतियार खुकरीले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप छ ।

रुपनीवाट राजविराजतर्फ जाने सडक किनारमा टाउकोमा धारिलो हतियारले काटेर रक्ताम्य अवस्थामा जेठ ६ गते फेला परेका घाइते रामदलको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा जेठ १० गते मृत्यु भएको थियो ।

प्रहरीले अराोपितहरुलाई जेठ ६ गते नै पक्राउ गरेकोमा रामदलको मृत्युपश्चात कर्तव्य ज्यान मुद्दामा कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !