६ बैशाख २०८१, बिहिबार

जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ


बलात्कार

कञ्चनपुर । जबर्जस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरी खुना बिहीबार फरार भएका थिए ।

खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । सोही घटनामा संलग्न अर्का धनबहादुर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

नगदसहित पाँच जुवाडे पक्राउ

भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नं गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त–१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट रु ४६ हजार २०७ नगद रकम बरामद भएको छ । विशेष सूचनाका आधारमा प्रहरीले विनोद गुप्ताको घरमा जुवातास खेलिरहेको जानकारी पाएपछि खानतलासी गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !