लागुऔषधसहित दुई युवक पक्राउ Nepalpatra लागुऔषधसहित दुई युवक पक्राउ
७ कार्तिक २०७८, आइतबार

लागुऔषधसहित दुई युवक पक्राउ


पक्राउ

जलेश्वर, १२ कात्तिक । सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका-९ बस्ने असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताउनुभयो ।

दुवै जना भारत बिहारको भिठ्ठामोड शहरबाट प्लास्टिकको कालो झोलामा एक हजार ५०० पिस प्रतिबन्धित लागुऔषध नाइट्राभेट बोकेर नेपाल प्रवेश गरेपछि जलेश्वर नगरपालिका-३ स्थित सडकमा सशस्त्र प्रहरीले शङ्का लागि चेक गर्दा दुवै जना पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !