८ बैशाख २०८१, शनिबार

मोरङमा जुवा तास खेल्ने १२ जना जुवाडेहरु पक्राउ


पक्राउ

मोरङ, कार्तिक ४ । मोरङमा तास जुवा खेल्ने १२ जना मानिसहरू पक्राउ परेका छन् । कार्तिक ३ गते अन्दाजी २३:५० बजे जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं. ७ जामबाडी स्थित पोखरीको डिलमा रहेको टहरोमा निम्न स्थान बस्ने १२ जना मानिसहरु तास खेली रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले फेलापारी निजहरुलाई नगद तथा सामान सहित नियन्त्रणमा लिई जुवा ऐन अन्तर्गत आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

पक्राउ मानिसहरूमा जिल्ला मोरङ रतुवामाई न.पा.७ बस्ने बर्ष-३४ को गोपाल कटुवाल, सोहि ठाउँ बस्ने बर्ष-४३ को गणेश कार्की, बर्ष-३६ को दिनेश बस्नेत, बर्ष-४५ को नरेन्द्र रिजाल, बर्ष-२५ को गणेश गौतम, बर्ष-३९को नन्दराज फुयाल, बर्ष-४२ को फणिन्द्र बुढाथोकी, बर्ष-४५ को झंकराज कोइराला, बर्ष-३८ को रामभक्त भट्टराई, ४०को सन्तोष रिजाल, बर्ष-३० को राम कार्की र बर्ष-३२ को मनोज उप्रेती रहेका छन् ।

उनीहरुवाट तास १२ बुक, नेपाली नगद १४ हजार २७० रुपैया, मलेसियन रिङ्गेट ६ सय र ३२ प ५१९२, ३५ प ६१८६ र २२ प ९३७९ नं. को मोटरसाईकल ३ प्रहरीले बरामद तथा नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !