८ बैशाख २०८१, शनिबार

मोरङमा प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ


पक्राउ

मोरङ, कात्तिक ४ । मोरङको बिराटनगर-१६ स्थित दरैया एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर रानी-१५ का ३१ बर्षीय शम्भु साह र सोही स्थानका ३० बर्षीय बिकी राई रहेका छन ।

विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान (RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ ६२ बोतल डाईलेक्स डिसी,१८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध सहित आज विहान सवा ४ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !