८ कार्तिक २०७७, शनिबार

एकैदिन ११ फरार प्रतिवादी पक्राउ



पक्राउ

दमौली, १५ असोज । जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन ११ फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा बैकिङ कसुर, सवारी ज्यान, सम्बन्ध विच्छेद, जारी मुद्दा र नाता कायम मुद्धाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

बैकिङ कसुर मुद्दामा म्याग्दे गाउँपालिका–१ का चामबहादुर थापा पक्राउ परेका छन् । उच्च अदालत पाटनले विसं २०७६ माघ १७ गतेको थापालाई रु दुई लाख जरीवानाको फैसला सुनाएको थियो । त्यस्तै सवारी ज्यान मुद्धामा भएको फैसलामध्ये आठ दिन कैद र रु दुई हजार जरीवाना तिर्न बाँकी रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार सात, जारी मुद्दामा एक र नाता कायम मुद्धाका एक प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैलाई कैद तथा जरीवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । विभिन्न अपराध एवं मुद्धामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ओखलढुङ्गा, ७ कात्तिक । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर

कैलाली, ४ कात्तिक । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको

कैलाली, कात्तिक ४ । अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको

मोरङ, कार्तिक ४ । मोरङमा तास जुवा खेल्ने १२ जना मानिसहरू पक्राउ परेका छन् । कार्तिक ३ गते अन्दाजी २३:५०