७ बैशाख २०८१, शुक्रबार

हात्तीको दाह्रा सहित काठमाडौंवाट ३ जना पक्राउ


पक्राउ

काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने पाँचथर पौवासार्तापा-१ घर भएका २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा अजिरकोट गाउँपालिका-१ घर भएका २२ वर्षीय सुवोध देवकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ वालुवाखानी बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय हरि कार्की रहेका छन् ।

हात्तीको दाह्रा किनबेच गर्न लागेको अवस्थामा महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !