६ बैशाख २०८१, बिहिबार

काठमाडौँमा फेरि जुवातास खेल्ने ८ जना प्रहरीको नियन्त्रणमा


पक्राउ

काठमाण्डौ, २४ गते । महानागरीय प्रहरी वृत्त स्वयम्भुले जुवातास खेल्ने ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि २३ गते काठमाण्डौ महानगरपालिका-१५ स्वयम्भु किमाडोल स्थित मनिष बज्राचार्यको कोठामा जुवातास खेलिरहेको अबस्थामा बज्राचार्य सहित ८ जनालाई नगद ८६ हजार ३ सय रुपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !