७ बैशाख २०८१, शुक्रबार

काठमाण्डौ उपत्यकाभित्र भएका बिभिन्न सुन-चाँदी पसलमा सुन चोरी गर्ने गिरोह पक्राउ


काठमाण्डौ उपत्यकाभित्र भएका बिभिन्न सुन-चाँदी पसलमा सुन चोरी गर्ने गिरोह पक्राउ

काठमाण्डौ, २३ गते । केही समयदेखि रातको समयमा काठमाण्डौ उपत्यकाभित्र भएका बिभिन्न सुन-चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने ३ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका ०२ स्थाई ठेगाना भएको ३७ वर्षीय सुमित भन्ने गङ्गा बहादुर तामाङ, जिल्ला महोत्तरी बर्दिबास नगरपालिका ०४ स्थाई ठेगाना भएको ४५ वर्षीय बुद्ध बहादुर माझी र जिल्ला उदयपुर रामपुर गाउँपालिका ०३ स्थाई ठेगाना भएको ४९ वर्षीय बिक्रम भन्ने जङ्ग बहादुर माझी छन् ।

खोजतलास गर्ने क्रममा निजहरू कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाइ साईकल लिई बिभिन्न सुन-चाँदी पसलहरुको हप्तादिन सम्म रेकि गरी बिशेषत: रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुन-चाँदी पसलको सटर फोडी चोरी गर्ने गिरोहले मोटरसाईकलको प्रयोग गरी मिति २०७६/११/१८ गते रातको समयमा काठमाण्डौ महानगरपालिका ०२ लाजिम्पाटमा रहेको पबि ज्वेलर्समा चोरी गरेको र ज्वेलर्सबाट १ किलो १५० ग्राम बराबरको सुनका गर-गहना, ८ किलो ५६० ग्राम बराबरको चाँदीका गर-गहनाहरु र नगद समेत गरी जम्मा रु.८,५८५,६४२।- (पचासी लाख,पचासी हजार छ सय बयालिस रुपैयाँ) चोरी गरी लगेको र घटनास्थल पसल भित्र रहेको CCTV को DVR समेत निजहरूले बोकी लगेको, दुईवटा समुहहरूले जेलमा बस्दा चिनजानको आधारमा छुटे पश्चात पुन: भेला जम्मा भई जेलबाट छुट भएको एक महिना नबित्दै नाईकेहरुले आफ्नो म्यादीहरुलाई बोलाई अब अन्तिम पटक ठुलो काम गर्ने भन्दै घटना घटाएको देखिएको छ ।

चोरी कार्य छोडी डण्डी फर्मा,लेबर काममा लागेका,सुध्रिएर बसेका आफ्ना पुराना म्यादीहरुलाई कन्भिन्स गरी पुन: चोरी कार्यमा लगाई कम पैसामा काम लगाएको देखिएको । चोरी गरेका सामानहरु मुख्य नाईके भारतीय मुलका रहेका एकजनाले बेचबिखन गरी फरार रहेको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ । निजहरूलाई २०७७/०३/२१ गते जिल्ला मोरङ उर्लाबारीबाट सुमित भन्ने गंगा बहादुर तामाङ र बुद्ध बहादुर माझीलाई पक्राउ गरी ल्याईएको र बिक्रम भन्ने जङ्ग बहादुर माझीलाई मिति २०७७/०३/२२ गते दिउँसो काठमाण्डौ दरबारमार्गबाट पक्राउ गरिएको थियो ।

सोही घटनामा संलग्न रहेका अभियुक्तहरुमध्ये एकजना मिति २०७६/१२/०९ गते चोरी कार्यमा पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरुको खोजी कार्य भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !