१३ बैशाख २०८१, बिहिबार

झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ


पक्राउ

बिराटनगर, असार २० । सुनसरीको देवानगंज ३ पाचौ सिमर स्थितबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा देवानगंज-३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन । हिजो दिउसो १ बजे को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा आटोमा लुकाई छिपाई राखीएको १८ केजी गाँजा बरामद गरी चालक सरदार समेतलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी झापाको दमक-५ स्थितमा डेरा गरी बस्दै आएका ३ जना लागुऔषध खैरोहिराईन बाउनसुगर सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक-९ का ३२ बर्षीय रबिन कुवर, ईलाम घई भई दमक-५ मा बस्ने १९ बर्षीया मनिसा राई र ताप्लेजुङ घर भई दमक-८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ रहेका छन । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो राती १० बजे उनिहरुलाई कोठाबाट १७ ग्राम बाउनसुगर सहित पक्राउ गरेको हो ।

यस्तै सुनसरीको धरान-७ स्थितमा डेरा गरी बस्दै आएका ४४ बर्षीय किसन श्रेष्ठ लागुऔषध सहित पक्राउ परेका छन । उनलाइ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती सवा ८ बजे पक्राउ गरेको हो ।

विशेष सुराकका आधारमा श्रेष्ठको कोठामा खानतलासी गर्ने क्रममा ६ बोतल डाईलेक्स जि.सि., ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाईट्राजेपान, १ थान हतियार र नगद १ लाख ९२ हजार रुपैया समेत फेला पारी बरामद गरिएको हो । पक्राउ परेका पाचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !