१३ बैशाख २०८१, बिहिबार

सामाजिक संजाल प्रयोग गरी लाखौं रकम ठगी गर्ने ७ जना गिरोहहरू पक्राउ


पक्राउ

काठमाण्डौ, ११ असार । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले भाइबर, ह्वाट्स एप, ईमो जस्ता सोसल मिडियाहरूको दुरूपयोग गरी अनलाईको माध्यमबाट ठगी गर्ने ७ जनालाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्ला झापा,भद्रपुर नगरपालिका घर भई काठमाण्डौ महानगरपालिका वडा २१ कोहिटी बस्ने २४ वर्षीय पुकार बर्मा, जिल्ला काभ्रे, सिम्थली गा.वि.स ०२ घर भई काठमाण्डौ महानगरपालिका टेकु बस्ने २२ वर्षीय नविन भण्डारी, रौतहट, गौर नगरपालिका १ घर भई काठमाण्डौ छाउनी बस्ने १९ वर्षीय आकास अग्रवाल,१८ वर्षीय एस अग्रवाल सेनवरिया, पश्चिमी चम्पारण विहार, भारत घर भई काठमाण्डौ टंकेश्वर बस्ने २२ वर्षीय एमडी सर्फराज, पर्सा,विरगंज महानगरपालिका २९ घर भई बस्ने ३० वर्षीय कृष्ण प्रसाद साह र पर्सा,विरगंज महानगरपालिका ३२ घर भई बस्ने २० वर्षीय सुनिल साह छन् ।

निजहरूले चालिस (४०) लाख Lottery परेको छ भनि नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरू समेतलाई प्रलोभन पारी करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न गिरोहहरूलाई नगद सहित उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो ।

साथै उनीहरुले नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरूबाट रकम ठगी गरेको, पीडित व्यक्ति आफू ठगिएको थाहा पाए पश्चात मानसिक रूपमा विच्छिप्त हुने गरेको, पीडित व्यक्तिले लट्री प्राप्त गर्ने आशामा आफ्नो घर जग्गा समेत धितो राखि घरबार विहिन भएको, ठगी गर्ने कार्यमा भारतीय गिरोह समेतको संलग्नता रहेको र करोड भन्दा बढि रकम लिईसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !