८ बैशाख २०८१, शनिबार

कास्कीमा तरकारी बोक्ने गाडीमा लागूऔषध ओसार पसार गर्ने पक्राउ


लागूऔषध ओसार पसार

कास्की, जेठ ३१ । लकडाउनको मौका छोपी अत्यावश्यक सेवाको आडमा तरकारी बोक्ने बोलेरो जिपमा लुकाईछिपाई लागूऔषधको कारोबार गर्ने ४ जनालाई वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले यही जेठ ३० गते पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१ टाँडी बस्ने वर्ष २६ को अफताव भन्ने रबिन चौधरी, जिल्ला कास्की मादी गाँउपालिका-३ घरभई हाल पोखरा महानगरपालिका-१२ ढिकालेथर बस्ने वर्ष ३०को हाउडे भन्ने मिलन गुरुङ, जिल्ला काभ्रे मच्छे गाँउपालिका-०४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-१४ चाउथे बस्ने वर्ष ४५ को शंकर लामा र चितनवको रत्ननगर नगरपालिका-१० बस्ने वर्ष ५० को पदम बहादुर घिमिरे रहेका छन् ।
पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ७२ एम्पुल डाईजापाम, ७२ एम्पुल फेनरागन र ७२ एम्पुल नर्फिन गरी जम्मा २१६ थान लागूऔषध साथै १५ हजार ८५ रुपैया नगद समेत फेला पारी बरामद गरेको छ ।

तराईका जिल्लाबाट कास्की भित्रने तरकारी बोक्ने सवारी साधनमा अवैध लागूऔषधको ओसार पसार तथा कारोबार समेत भईरहेको भन्ने विशेष सूचनाका आधारमा विशेष रुपले प्रहरी परिचालन गरि अनुसन्धान गर्दै जाने क्रममा नवलपरासी बर्दाघाटबाट ना ३ च ७०५९ नं.को पिकअप पछाडी पट्टीको ढालामा तरकारीको बिचमा सेतो बोरामा कागजले बेरी लुकाईछिपाई राखेको लागूऔषध फेला पारी नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताउँनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !