१३ बैशाख २०८१, बिहिबार

उदयपुरमा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु


मृत्यु-निधन

उदयपुर, जेठ २३ । उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका बेलका नगरपालिका-८ का ३१ बर्षीय ईन्द्र बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !