१३ बैशाख २०८१, बिहिबार

काठमाडौंबाट उदयपुर जाँदै गरेको बस बर्दिवासमा दुर्घटना, १ जनाको मृत्यु


दुर्घटना

१३ बैशाख, महोत्तरी । काठमाडौंबाट लकडाउनमा अलपत्र परेका सर्वसाधारणलाई लिएर उदयपुरतर्फ आउँदै गरेको बस आज शनिबार बिहान बर्दिवासमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बस बर्दिवास नगरपालिका-३ को बाटु भन्ने स्थानमा बा ३ ख ४०३६ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा दोलखाको तामाकोशी २ का बसका सहचालक बाबुराम विकको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । घाइते भएका व्यक्ति २० वर्षिय प्रदिप बिक भएको बुझिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित भई पल्टिन लागेपछि उनी बसबाट हामफालेका थिए ।

बसमा ३५ यात्रु सवार थिए । बस सडक छेउको नालीमा खस्न पुगेको थियो । चालक फरार रहेकाले बस के कारणले दुर्घटनामा पर्‍यो भन्ने बारेमा केही थाहा हुन सकेको छैन । चालकको खोजी भइरहेको छ । यसैगरी सो बसमा सवार अन्य यात्रुलाई अर्को बसको व्यवस्था गरी उदयपुर पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !