८ बैशाख २०८१, शनिबार

सल्यानमा बस दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते


दुर्घटना

चैत १४, सल्यान । सल्यान जिल्लाको मार्केबजार नजिकै बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ३ जना घाइते भएको छन् । बसको टायर पन्चर भएपछि ममर्तका लागि दुलधारा पोखरा आउँदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का १८ वर्षीय बसका सहचालक सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

शारदा नगरपालिका–८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बिहीबार राति बस मार्केबजार नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा शारदा-८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २८ वर्षीय थमन चलाउने र वडा नम्बर ५ का २७ वर्षीय खेमराज बुढाथोकी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !