११ बैशाख २०८१, मंगलबार

पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, २ घाइते


दुर्घटना

१४ चैत, चितवन ।  नवलपरासी जिल्ला सुस्ता पूर्व मध्यविन्दु नगरपालिका–७, चोरमाराको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते महतोलाई चितवनको पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएकोमा त्यही उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय बुद्धिराम महतो र मोटरसाइकल चालक ४२ वर्षीय यमबहादुर पौडेल घाइते भएका छन् । दुवै जनाको अहिले उपचार भइरहको प्रहरीले जनाएको छ । एउटै मोटरसाइकलमा ३ जना सवार भएकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !