६ बैशाख २०८१, बिहिबार

भक्तपुरमा भयानक दुर्घटना : १ दर्जन गाडीहरु ठोक्किए, ८ जना घाइते


भक्तपुरमा भयानक दुर्घटना

चैत १०, भक्तपुर । भक्तपुरको सल्लाघारीमा डरलाग्दो दुर्घटना भएको छ । सो दुर्घटनामा करीव १ दर्जन सवारी साधनहरु एक आपसमा ठोक्किएका छन् । आज सोमबार दिउँसो करीव ३ बजेतिर अरनिको राजमार्ग अन्तर्गत सल्लाघारी चोक नजिक गाडीहरु एक आपसमा ठोक्किएका हुन् । प्रत्यक्षदर्शीका अनुसार सिमसिम पानी परिरहेको बेला चिप्लिएर गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।

शुरुमा एउटा भ्यानले मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा मोबिल पोखिएको थियो । सोही मोबिलमा अन्य गाडीहरु पनि चिप्लिएपछि एक आपसमा ठोक्किएका हुन् । प्रहरीका अनुसार दुर्घटनामा करीव ८ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !