८ बैशाख २०८१, शनिबार

ट्राफिकद्वारा मापसे जाँच स्थगित, सडक दुर्घटना बढ्ने सम्भावना


मापसे जाँच

७ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ । महानगरीय ट्राफिक महाशाखाकाले मापसे जाँच रोकिएको बताएको छ । यदि अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइनेछ ।

ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ । मापसे जाँच गर्दा कोरोना भाइरसको संक्रमण हुने सम्भावनालाई मध्यनजर गरेर ट्राफिकद्वारा मापसे जाँच स्थगित गर्ने निर्णय भएको त छ तर मापसे जाँच नहुने हुनाले मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृति बढेमा सडक दुर्घटना बढ्ने सम्भावना देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !