६ बैशाख २०८१, बिहिबार

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन


निशान भट्टराई

२९ पुस, काठमाडौं । सोमबार राति गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराई खासगरी गजल गायकीका कारण चर्चित थिए । धरान स्थायी ठेगाना भएका उनी स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !