७ बैशाख २०८१, शुक्रबार

बस ठोक्किदा १३ जना घाइते


मृत्यु

पुस ३, बुटवल । पाल्पामा बस एक आपसमा ठोक्किदा १३ जना घाइते भएका छन् । बुधवार साँझ बुटवलबाट तानेसेनतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको बस एक आपसमा ठोक्किदा घाइते भएका हुन् ।

उक्त घटनावाट घाइते हुनेमा होमबहादुर बिक, धनबहादुर बिक, भीमबहादुर सुनार, तेजबहादुर सुनार, चुराबहादुर नेपाली, रामबहादुुर बिक, राजु बिक, रामबहादुर बिक, जुना बिक, भिमबहादुर सुनार, गुनिसरा नेपाली, बस चालक ३५ वर्षीय तेजबहादुर सारु र रामु सिंजाली पनि घाइते भएका छन । उनीहरुको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !