१२ बैशाख २०८१, बुधबार

वडा कार्यालय र स्काभेटरमा आगजनी


आगलागी

२६ मंसिर, संखुवासभा । अज्ञात समूहले वडा कार्यालय र स्काभेटरमा आगजनी गरेको छ । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को वडा कार्यालयमा गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएको नगरप्रमुख विदुर सुब्बाले बताए ।

आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !