१३ आश्विन २०८१, आइतबार

जसलाई खुट्टा गुमेको थाहा छैन


२४ मंसिर, काठमाडौं । आइतबार कोहलपुर एनटिभी रोडकी १२ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको छ । रिपोर्टिङको क्रममा पुग्दा आइसीयूमा राखिएकी उनलाईशल्यक्रिया कक्षलगिएको थियो । विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना हुन पुगेकी छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

आफूलाई के हुँदैछ भन्नेमा उनी स्वयंम अनभिज्ञ छिन् । त्यो भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरुसँग रमाइरहेकी हुन्थिन् होला, आफ्नो गृहकार्य गरिरहेकी हुन्थिन् होला । कक्षामा सधैँ झै अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला, प्रकृतिका काकाले भने ।

जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन् । यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ । साधाझैँ उनी आइतबार दुई चुल्ठी बाटेर निलो आकासे सर्ट र गाढा नीलो स्कर्टमा विद्यालय हिँडेकी थिइन् प्रकृति ।

प्रकृतिको घर विद्यालयबाट करिब डेढ किलोमिटरको दूरीमा पर्छ । उनी कहिले लोकल बस त कहिले साइकल कुदाउँदै अनि कहिले बुवाको बाइकमा चढेर विद्यालय आउजाउ गर्छिन् । बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत प्रकृतिलाई आइतबार भने बुवा नगेन्द्रबहादुरले स्कुटीमा विद्यालयसम्म छोडिदिने भए । आफैं साइकल चलाएर जाँदा पनि उनी कहिल्यै दुर्घटनामा परेकी थिइनन् ।

आइतबार उनको जीवनको कालो दिन बन्न पुग्यो । जब उनी स्कुटीबाट ओर्लेर विद्यालयको गेटतर्फ बढ्न मात्र के लागेकी थिइन् ट्रकले उनको खुट्टा किच्यो । त्यो असह्य पीडामा प्रकृति कति छटपटाइन् कति चिच्याइन् होला सायद उनलाई सम्झना छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !