, कारखानामा भीषण आगलागी हुँदा ३५ को मृत्यु, ५० बढीको उद्धार

कारखानामा भीषण आगलागी हुँदा ३५ को मृत्यु, ५० बढीको उद्धार

एजेन्सी, मंसिर २२ । भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आगलागी हुँदा ३५ को मृत्यु भएको छ । आइबार बिहान आगलागी हुँदा ५० बढी व्यक्तिलाई बाहिर निकालिएको दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले जानकारी दिए । धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए ।

आगो ६ सय स्क्वायर फिटको जग्गामा लागेको हो । यो एक कारखाना हो । त्यहाँ स्कूल ब्याग, बोतल र अन्य सामग्री राखिएका थिए ।