१३ बैशाख २०८१, बिहिबार

लमजुङमा बस दुर्घटना : एकको मृत्यु, सात घाइते


लमजुङमा बस दुर्घटना

मंसीर २२, लमजुङ । लमजुङ जिल्लामा आइतबार बिहान ७ बजे बस दुर्घटना हुँदा १ जना यात्रुको मृत्यु भएको छ भने ७ जना यात्रुहरु गम्भीर घाइते भएका छन् । बेंसी शहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दर बजार नगरपालिका-७ पाउँदीमा दुर्घटना हुँदा ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको बुझिएको छ। यस्तै, घाइते एक जना कर्मदा अस्पतालमा उपचारपछि घर फर्किएका छन् । अर्का एक घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसमा करिब १२ यात्रु थिए । बस चालक तनहुँको भन्सार घर भएका कृष्णबहादुर आले भने गाडी छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ । रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसको इञ्जिन सुचारु अवस्थामै राखेर चालक र सह-चालक यात्रु खोज्न गएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले घाइतेको उद्वार गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !